ग्रिनल्यान्ड कपमा भ्याली पब्लिकको दबदबा

आयोजक ग्रिनल्यान्डको कोर्टमा सिनियर ब्वाइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३९ ले हरायो । भ्यालीका अशोक बिकले ३२ स्कोर गरे । अर्को खेलमा भ्यालीले क्यानभास बसन्त ऋतुमाथि ४०–३३ को जितमा हिमेश विश्वकर्माले १२ स्कोर गरे ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Valley Public dominates the Greenland Cup

काठमाडौँ — भ्याली पब्लिकका तीनै टोलीले शनिबार १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजय नतिजा निकालेका छन् ।

आयोजक ग्रिनल्यान्डको कोर्टमा सिनियर ब्वाइजको पहिलो खेलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३९ ले हरायो । भ्यालीका अशोक बिकले ३२ स्कोर गरे । अर्को खेलमा भ्यालीले क्यानभास बसन्त ऋतुमाथि ४०–३३ को जितमा हिमेश विश्वकर्माले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमै हेम्सले श्वेता सदनलाई ६२–२३ ले, भद्रकालीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३८–३७ र गण्डकीले तेजस्वीलाई २९–२८ ले हराए । हेम्सका आशुतोष यादवले १७, भद्रकालीका सुदीप श्रेष्ठले १७ र गण्डकीका सुविन अर्यालले ८ स्कोर गरे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले गण्डकीलाई २७–४ र केभीकेएसएसले सत्यसाइलाई १८–१५ ले हराए । भ्यालीकी लोरिसा गौचनले ९ र केभीकेएसएसकी खुशी मिटोकले ११ स्कोर जोडे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले ज्ञानभूमिलाई १२–११, न्युटनले एन्जल्स हार्टलाई २९–२६ ले, पारामाउन्ट एकेडेमीले रिलायन्स पब्लिकलाई ४१–११ ले, गोल्डेनपिकले भद्रकालीलाई २६–९ ले र तेजस्वीले फ्युजनलाई १२–८ ले हराए । भ्यालीका सुयोग गौतमले ६, न्युटनका आर्यन बिकले ११, पारामाउन्टका सुदीप घलेले ८, गोल्डेनपिकका फुर्वा शेर्पाले १३ र तेजस्वीका अशोक तामाङले ६ स्कोर जोडे ।

कान्तिपुर

Link copied successfully