स्टुडेन्ट्सको दोस्रो जित

रियालको भने यो लगातार तेस्रो हार हो र टिम निराशाजनक रूपमा शून्य अंकमा छ ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Students' second victory

काठमाडौँ — स्टुडेन्ट्स फुटबल क्लबले शुक्रबार एन्फा महिला लिग फुटबल छनोटमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा स्टुडेन्ट्सले रियाललाई ३–१ ले हरायो । स्टुडेट्सको तेस्रो खेलमा प्राप्त दोस्रो जितपछि ६ अंक भएको छ । समूह ‘ए’ का तेस्रो स्थानमा रह्यो ।

रियालको भने यो लगातार तेस्रो हार हो र टिम निराशाजनक रूपमा शून्य अंकमा छ । सुशीला सुस्लिङले २७ औं मिनेटमा गरेको गोलबाट स्टुडेन्ट्सले अग्रता लिएको थियो । खेलले ६६ औं मिनेटमा पूजा थेबेले रियालका लागि एक गोल फर्काइन् ।

रियालले गरेको यो नै पहिलो गोल हो । स्टुडेन्ट्सबाट पूर्णिमा थारुले ७८ औं र सविना तामाङले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरिन् । समूह ‘बी’ को नेपाल खेलकुद क्लब र झापा एफसीबीच हुनुपर्ने खेल भने स्थगित गरिएको छ । वर्षाले च्यासल मैदानमा पानी जमेपछि खेल हुन नसकेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully