बलियो ब्लकिङ, तीव्र गति र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता लुम्बिनीका लागि महत्त्वपूर्ण रहने अपेक्षा क्लबले छछ । बाँकी दुई विदेशी खेलाडीको नाम केही दिनमै सार्वजनिक गरिने जनाइएको छ ।
काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रुसी खेलाडी भेरोनिका जुबरेभालाई अनुबन्धन गरेको छ ।
लुम्बिनीले आउटसाइड हिटर जुबरेभालाई आउँदो सिजनका लागि अनुबन्धन गरेको हो । जुबरेभा मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेको लुम्बिनीले जनाएको छ ।
बलियो ब्लकिङ, तीव्र गति र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता लुम्बिनीका लागि महत्त्वपूर्ण रहने अपेक्षा क्लबले छछ । बाँकी दुई विदेशी खेलाडीको नाम केही दिनमै सार्वजनिक गरिने जनाइएको छ ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडी रहेको लुम्बिनीले अक्सनबाट कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिक्जना माझीलाई अनुबन्ध गरिसकेको छ ।
नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रिम्सले प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा आयोजना गर्नेछ ।