एनओसीले स्पष्टीकरण माग्ने

विवाद समाधानका लागि सहजीकरण गर्न जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको एनओसीको ३१ औं कार्यसमिति बैठकले सरकारलाई पत्राचार गर्ने भएको छ ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

NOC seeks clarification

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यही नाममा गठन गरिएको तदर्थ समितिमा रहेका ९ सदस्यमध्ये आफूसँग आबद्धलाई स्पष्टीकरण सोध्ने जनाएको छ ।

यसका लागि उसले सातदिने समय राखेर स्पष्टीकरण सोध्न लागेको हो ।

यसबारे सम्बन्धमा सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई जानकारी पनि दिइनेछ । यस्तै विवाद समाधानका लागि सहजीकरण गर्न जीवनराम श्रेष्ठ नेतृत्वमा रहेको एनओसीको ३१ औं कार्यसमिति बैठकले सरकारलाई पत्राचार गर्ने भएको छ ।

कान्तिपुर

Link copied successfully