ज्ञान कार्निभलमा तीन खेलमा प्रतिस्पर्धा

बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ र गर्ल्समा १२ टिम सहभागी हुनेछ । ब्वाइज फुटबलमा ५ टिम तथा नेटबलमा ४ गर्ल्स टिमको सहभागिता रहने छ ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Compete in three games at the Knowledge Carnival

काठमाडौँ — ज्ञानोदय बालवाटिका माविले ३१ औं ज्ञान कार्निभल आइतबारदेखि आयोजना गर्ने भएको छ । कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ र गर्ल्समा १२ टिम सहभागी हुनेछ । ब्वाइज फुटबलमा ५ टिम तथा नेटबलमा ४ गर्ल्स टिमको सहभागिता रहने छ ।

विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मानिने ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको हो । प्रतियोगिताका खेल ललितपुर खोकनास्थित आयोजक स्कुलको हातामा खेलाइने छ ।

कान्तिपुर

Link copied successfully