टप ट्वान्टी-२० शृङ्खला : नेपाल र पाकिस्तान मैदानमा

अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपाललाई आजको खेल जितेर सेमिफाइनलमा प्रवेश गर्नुपर्ने चुनौती छ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Top Twenty-20 series: Nepal and Pakistan at the ground

काठमाडौँ — अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज  नेपाल र  पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । 

खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । 

कान्तिपुर

Link copied successfully