ग्यालेक्सी पब्लिक क्वाटरफाइनलमा

आयोजक न्यु जेनिथको कोर्टमा शुक्रबार ग्यालेक्सीले राराहिललाई ९–३ स्कोरले पराजित गर्‍यो । ग्यालेक्सीकी झाङजोम डोल्कीले ४ स्कोर गरिन् ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Galaxy Public in the quarterfinals

What you should know

काठमाडौँ — ग्यालेक्सी पब्लिक स्कुल तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा क्वाटरफाइनल पुगेको छ ।

आयोजक न्यु जेनिथको कोर्टमा शुक्रबार ग्यालेक्सीले राराहिललाई ९–३ स्कोरले पराजित गर्‍यो । ग्यालेक्सीकी झाङजोम डोल्कीले ४ स्कोर गरिन् ।

सिनियर गर्ल्सको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा ग्यालेक्सीको भेट युरो स्कुलसँग हुनेछ । क्वाटरफाइनल  स्वर्णिम र रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा रिब्स र जेसिसबीच प्रतिस्पर्धा हुनेछ ।

सिनियर ब्वाइजमा ब्राइट होराइजनले नवोदितलाई ४०–१६, कश्यपले गुरुकुलमलाई ३६–२६, राराहिलले ग्यालेक्सीलाई ४४–४२ र युरोले हार्टल्यान्ड एकेडेमीलाई २८–२१ स्कोरले हराएर प्रिक्वाटरफाइनलमा पुगे । होराइजनका मनताराले १३, कश्यपका इशान तिमिल्सिनाले २४, राराहिलका कृष्ण बिकले १८ र युरोका स्पर्श प्रधानले १६ स्कोर जोडे ।

सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल पिपुल्स एकेडेमी र आनन्दकुटी, आयोजक न्यु जेनिथ र कश्यप, मनास्लु र पुष्पसदन, स्वर्णिम र ग्यालेक्सी, राराहिल र बेबी एन्जल, ब्राइट होराइजन र युरो, ज्ञान निकेतन र भ्याली भ्यु तथा कन्स्टिलेसन र एनआईसी एकेडेमीबीच हुनेछ ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यू–११ मा चेल्सी वर्ल्ड स्कुलले मनास्लुलाई ४–१, एआईले एभीएमलाई २–०, रेडियन्टले ब्रम्हकुञ्जलाई ३–२ (टाइब्रेकर) र बेसिक लर्निङले त्रियोगलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यू–१३ मा प्याराडाइसले रिब्सलाई १–०, ब्राइट होराइजनले एआईलाई २–१, हार्टल्यान्डले ग्यालेक्सीलाई ३–० र विद्यावाणीले निसर्ग वाटिकालाई ५–२ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरे । यू–१६ मा रिब्सले हार्टल्यान्डलाई ३–२ (टाइब्रेकर), ब्रम्हकुञ्जले निर्मल ज्योतिलाई ४–०, निसर्गले ग्यालेक्सीलाई १०–९ (टाइब्रेकर) र मनास्लुले ग्रिन भिलेजलाई २–० ले हराएर सेमिफाइनल यात्रा तय गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully