आनन्दकुटीले एभीएमलाई ३०–२९, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ३६–३४ र पिपुल्स एकेडेमीले कश्यपलाई ३६–२८ स्कोरले हराए ।
काठमाडौँ — भ्याली भ्यूले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा बिहीबार ब्राइट भिजनलाई ४९–४७ स्कोरले पराजित गरेको छ । भ्यालीका गणेश विष्ट एक्लैले ३३ स्कोर गरे ।
आनन्दकुटीले एभीएमलाई ३०–२९, पुष्पसदनले रेडियन्ट पब्लिकलाई ३६–३४ र पिपुल्स एकेडेमीले कश्यपलाई ३६–२८ स्कोरले हराए । आनन्दकुटीका स्वर्णिम तामाङले ७, पुष्पसदनका सम्राट लामाले १३ र पिपुल्सका वचनले १२ स्कोर गरे ।
सिनियर गर्ल्समा रिब्सले रेडियन्ट पब्लिकलाई २१–१० र स्वर्णिमले पुष्पसदनलाई २८–१२ स्कोरले हराए । रिब्सकी सुप्रिया मल्लले १० र स्वर्णिमकी हिसी ल्हामुले ८ स्कोर गरे ।
ब्वाइज फुटसलको यू–१६ मा रिब्स, निसर्ग बाटिका, निर्मलज्योति, मनास्लु, ग्यालेक्सी पब्लिक, हार्टल्यान्ड एकेडेमी, ग्रिन भिलेज र ब्रम्हकुञ्जले क्वाटरफाइनल पुगेका छन् ।
