ओसासुना डिफेन्डर जुवान त्रुजले एमबाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रान्सेली खेलाडीले ५१ औं मिनेटमा गोल गरेका हुन् ।
म्याड्रिड — केलियन एमबाप्पेले पेनाल्टीबाट गरेको निर्णायक गोल मदतमा रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित गरेको छ ।
ओसासुना डिफेन्डर जुवान त्रुजले एमबाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रान्सेली खेलाडीले ५१ औं मिनेटमा गोल गरेका हुन् । सान्टियागो बेर्नाबेउमा प्राप्त जितसँगै रियलले नयाँ प्रशिक्षक जाभी अलोन्सोको नेतृत्वमा लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।
सन् २००८ यता रियल नयाँ सिजनको पहिलो लिग खेलमा अपराजित छ ।
