यससँगै सलाह तीनपल्ट यो अवार्ड जित्ने पहिलो खेलाडी भएका छन् ।
लन्डन — लिभरपुलका मोहम्मद सलाहले मंगलबार व्यावसायिक फुटबल खेलाडी संघ (पीएफए) को पुरुष वर्ष खेलाडी अवार्ड जितेका छन् । यससँगै सलाह तीनपल्ट यो अवार्ड जित्ने पहिलो खेलाडी भएका छन् ।
यसअघि उनले सन् २०१८ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । गत सिजन लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जित्दा ३३ वर्षीय सलाहले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले २९ गोल गर्दै १८ गोलमा सहयोगी भूमिकासमेत निभाएका थिए ।
