ग्यालेक्सी जित्दा न्यान्सीको स्कोर

कन्स्टिलेसनले पुष्पसदनलाई कडा टक्कर दिँदै ५७–५१ को स्कोरमा रोमाञ्चक जित हासिल गर्‍यो।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Nancy's score on winning the galaxy

काठमाडौँ — ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा जित पाएका छन् । ज्ञानले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ ले र पिपुल्सले गुरुकुलमलाई ३२–१० स्कोरले हराए ।

आयोजक न्यु जेनिथले आनन्दकुटीलाई २४–१८, नवोदितले भ्याली भ्युलाई ४७–३६, मनास्लुले एनआईसी एकेडेमीलाई ३८–२९, ग्यालेक्सी पब्लिकले वीरसेवालाई १७–१५ र कन्स्टिलेसनले पुष्पसदनलाई ५७–५१ स्कोरले हराए ।

सिनियर गर्ल्समा जेसिसले पुष्पसदनलाई २२–९ र ग्यालेक्सीले न्यु जेनिथलाई ३४–३ ले पन्छाए । जेसिसकी अनिभा महर्जनले १४ र ग्यालेक्सीकी न्यान्सी श्रेष्ठले १० स्कोर गरे ।

कान्तिपुर

Link copied successfully