च्याम्पियन्स लिग टेबलटेनिसमा आयोजक अगाडि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Host ahead in Champions League Table Tennis

काठमाडौँ — आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।

टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२, खोल्चा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले ६०–६० अंक जोडेका छन् ।

यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अंक बटुलेका छन् ।

कान्तिपुर

Link copied successfully