तीन विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार पत्रकार सम्मेलनमा बताए ।
काठमाडौँ — ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि आयोजना गर्ने भएको छ । तीन विधामा ५६ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बुधबार पत्रकार सम्मेलनमा बताए ।
सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गर्ल्समा १६–१६ टिमले प्रतिस्पर्धा गर्नेछन् । स्पर्धा लिगकम नकआउटमा हुनेछ । विद्यालय बास्केटबलमा यो प्रतियोगिता २०६० सालदेखि सुरु भएको थियो । गत संस्करणको सिनियर ब्वाइज/गर्ल्सको उपाधि भ्याली पब्लिकले जितेको थियो ।
