रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर कलेजलाई ७९–७५ स्कोरले हरायो । सीसीआरसीका तुसार महर्जनले ३० स्कोर गरे ।
काठमाडौँ — क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी स्कुल बिहीबार ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज छात्र बास्केटबलमा फाइनल पुगेका छन् ।
रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर कलेजलाई ७९–७५ स्कोरले हरायो । सीसीआरसीका तुसार महर्जनले ३० स्कोर गरे ।
सीसीआरसीले तेस्रो र चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । सीसीआरसीले तेस्रोमा २२–२० र चौथोमा २२–१५ स्कोर गरेको थियो । जेभिरले पहिलोमा १७–१९ र दोस्रोमा १८–२१ ले अग्रता लिएको थियो ।
आरुस श्रेष्ठको २४ स्कोरमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ स्कोरले हरायो । पहिलो क्वाटरमा २७–१२ को अग्रता लिएको प्रिमियर दोस्रोमा १८–२६ ले पछि पर्यो । तेस्रो क्वाटरमा प्रिमियरले पुनः २४–१५ को अग्रता बनाएर समग्रमा ६९–५३ स्कोरले अगाडि रह्यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २६–१९ को अग्रता लिए पनि जितलाई पर्याप्त भएन ।
फाइनल शुक्रबार हुनेछ । विजेताले २५ हजार र उपविजेताले १० हजार पुरस्कार पाउने छन् ।
