मधेश युनाइटेडमा अर्की डच खेलाडी आबद्ध

आर्डेमा नेपाली महिला भलिबल लिगको हिस्सा बन्दै, नेदरल्यान्ड्समा खेल्दै आएको अनुभवलाई मधेश युनाइटेडमा पुर्‍याउँदै।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Another Dutch player joined Madhesh United

काठमाडौँ — मधेश युनाइटेडले वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेदरल्यान्ड्सकी डानिक आर्डेमालाई अनुबन्ध गरेको छ । मधेशले दोस्रो विदेशी खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।

यसअघि नेदरल्यान्ड्सकी आउट साइड हिटर रोमी भिनस्ट्रा मधेशसँग जोडिएकी थिइन् । १७५ सेमि अग्लो कदकी आर्डेमा अनुभवी सेटर हुन् । उनले नेदरल्यान्ड्सको शीर्ष क्लबहरूमा खेल्दै आएकी छन् ।

उनले नेदरल्यान्ड्स, स्पेन र जर्मनीका क्लबहरूमा खेलेर अनुभव बटुलेकी छन् । आर्डेमाले नेपाली महिला भलिबल लिगको हिस्सा हुन र मधेश युनाइटेडमा आबद्ध हुनु आफ्ना लागि गौरवको विषय भएको बताएकी छन् ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना र ब्रान्ड एम्बासडरमा अभिनेत्री नीति शाह छन् । पोखरामा भदौ २० देखि २८ सम्म हुने लिगमा मधेश टोलीको प्रशिक्षण बागडोर कोपिला उप्रेतीले सम्हालेकी छन् । टोलीले अक्सनबाट खेलाडीमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्नालाई लिएको छ ।

कान्तिपुर

Link copied successfully