तीनै विधामा ग्रिनल्यान्डको सफल सुरुआत

ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्समा विजयी भयो । घरेलु कोर्टमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६–३२ स्कोरले पराजित गर्‍यो ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

A successful start for Greenland in all three categories

काठमाडौँ — आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्समा विजयी भयो । घरेलु कोर्टमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६–३२ स्कोरले पराजित गर्‍यो । टोलीका रोहित अधिकारीले १४ स्कोर गरे । सिनियर ब्वाइजमै टीआईएले स्किब्सलाई ५९–४९, गोल्डेनपिकले क्यानभास वसन्त ऋतुलाई ५६–२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५–३४ ले हराए । टीआईएका रोशन नगरकोटीले १८, गोल्डेनपिकका पेम्बा तेन्जिङ शेर्पाले १४ र भद्रकालीका सुदीप श्रेष्ठले २६ स्कोर गरे ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले नवदीक्षितलाई २५–१४, क्यानभासले ज्ञान संस्कारलाई २२–१७ र बेलमोन्टले टीआईएलाई १७–१३ ले हराए । ग्रिनल्यान्डकी प्रियंका चन्दले ८, क्यानभासकी सिजुका देउलाले १० र बेलमोन्टकी समीक्षा मगरले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–६, गोल्डेनपिकले जेबी स्कुललाई १६–१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९–८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९–२२ ले हराए । ग्रिनल्यान्डका बियोन गुरुङले ९ र गोल्डेनपिकका फुर्वा शेर्पाले ८ अंक जोडे ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह–प्रचार्य विनोद घिमिरेले संयुक्त उद्घाटन गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully