विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । विधागततर्फ अनुशासित टिमले २० हजार रुपैयाँ पाउनेछ ।
काठमाडौँ — हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप फुटबल भदौ दोस्रो साता हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले भदौ १२ र १३ मा प्रतियोगिता हुने जानकारी दिएको हो ।
विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । विधागततर्फ अनुशासित टिमले २० हजार रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछन् । प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरिनेछ । खेल तालिका भदौ १० गते सार्वजनिक गरिने आयोजनले जनाएको छ ।
प्रतियोगितामा भाग लिने टिमले बिहीबारसम्म १५ हजार रुपैयाा तिरेर टिम दर्ता गर्न सक्ने छन् । काठमाडौं उपत्यका बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले गर्ने क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी गराए । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो ।
