टप एण्ड टी–२० : आज पनि ब्याटिङ रोज्यो नेपालले, आशिफ, रोहित र सन्दीप बेन्चमा

नेपालले खराब फर्मका कारण कप्तान रोहित र ओपनर आशिफ शेखलाई बेन्चमा राखेर खेलाडी परिवर्तन गरेको छ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Top and T20: Nepal chose to bat today, Ashif, Rohit and Sandeep on the bench

काठमाडौँ — अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले बुधबार पाँचौं खेलमा टस जित्दै ब्याटिङ रोजेको छ ।

डार्बिनमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीले टस जित्दै पहिला आफूले ब्याटिङ रोजेको छ भने कप्तान रोहितकुमार पौडेलले मेलबर्न रेनेगेट्स एकेडेमीलाई फिल्डिङको निम्तो दिएको हो । 

आजको खेलमा नेपालले मुख्य दुई खेलाडी नै परिवर्तन गरेको छ । ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई नै बेन्चमा राखेको छ । यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि बेन्चमै छन् ।

आजको प्लेइङ ११ मा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई फेरि मौका दिइएको छ । 

आजको प्लेइङ ११ 

दीपेन्द्र सिंह ऐरी (कप्तान), लोकेश बम (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम

कान्तिपुर

Link copied successfully