ओसासुना डिफेन्डर जुवान क्रुजले एमबापेलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रान्सेली खेलाडीले ५१ औं मिनेटमा गोल गरेका हुन् ।
काठमाडौँ — केयलिन एमबापेले पेनाल्टीबाट गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित गरेको छ।
ओसासुना डिफेन्डर जुवान क्रुजले एमबापेलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रान्सेली खेलाडीले ५१ औं मिनेटमा गोल गरेका हुन् ।
सान्टियागो बर्नाबाउनमा प्राप्त जितसँगै रियलले नयाँ प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा लिगको नयाँ सिजन विजयी सुरुआत पनि लिएको छ । सन् २००८ यता रियल नयाँ सिजनको पहिलो लिग खेलमा अपराजित रहेको छ । यसै खेलबाट एमबापेले क्रोएसियाका लुका मोडरिचलले छाडेयता खालि रहेको १० नम्बर जर्सि एमबापे लगाएर खेले ।
मोडरिच रियल छाडेर एसी मिलान गएका हुन् । ओसासुनाविरुद्ध नै लिभरपुलबाट आएका एलेक्जान्डर आर्नोल्डले ला लिगामा रियलका लागि डेब्युको अवसर पनि पाए । खेलको अन्त्यतिर ओसासुना दस खेलाडीमा सीमित रहेर खेल्न बाध्य रहेको थियो ।
