लिड्सले एभरटनलाई १–० ले हराएको थियो । प्रिमियर लिगमा फर्केयताको पहिलो खेलमा लिड्स विजयी भएको हो ।
लिड्स — लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी सुरुआत लिएको छ । तर, यो विवादास्पद रह्यो । लिड्सले एभरटनलाई १–० ले हराएको थियो । प्रिमियर लिगमा फर्केयताको पहिलो खेलमा लिड्स विजयी भएको हो ।
एलान रोडमा भएको खेलमा सब्स्टिच्युट खेलाडी लुकास मेन्चाले ८४ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । खेल गोलरहित बराबरीतर्फ अग्रसर रहेका बेला लिड्सले विवादास्पद पेनाल्टी अवसर पाएको थियो । एभरटन कप्तान जेम्स तारकोवस्कीले एन्टन स्टाचको बललाई ‘ह्यान्ड’ गरेपछि पेनाल्टीको निर्णय दिइएको थियो ।
