ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ स्कोरले पराजित गर्यो । ज्ञानका सवाज मन्सुरले ३१ स्कोर गरे । अकिलेशको १८ स्कोरमा पिपुल्सले गुरुकुलमलाई ३२–१० ले हरायो ।
काठमाडौँ — ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ स्कोरले पराजित गर्यो । ज्ञानका सवाज मन्सुरले ३१ स्कोर गरे । अकिलेशको १८ स्कोरमा पिपुल्सले गुरुकुलमलाई ३२–१० ले हरायो ।
आयोजक न्यु जेनिथले आनन्दकुटीलाई २४–१८, नवोदितले भ्याली भ्युलाई ४७–३६, मनास्लुले एनआईसी एकेडेमीलाई ३८–२९, ग्यालेक्सी पब्लिक स्कुलले वीरसेवालाई १७–१५ र कन्स्टिलेसनले पुष्पसदनलाई ५७–५१ स्कोरले पाखा लगाए ।
न्यु जेनिथका राज रौनियारले ८, नवोदितका आदेशले १८, मनास्लुका भविक गुरुङले २३, ग्यालेक्सीका सुयोग श्रेष्ठले ७ र कन्स्टिलेसनका सुदिन तामाङले २९ स्कोर गरेका थिए ।
सिनियर गर्ल्समा जेसिसले पुष्पसदनलाई २२–९ र ग्यालेक्सीले न्यु जेनिथलाई ३४–३ ले पन्छाए । जेसिसकी अनिभा महर्जनले १४ र ग्यालेक्सीकी न्यान्सी श्रेष्ठले १० स्कोर गरे ।
त्यस्तै प्याराडाइस रिडर्स, ग्यालेक्सी, हार्टल्यान्ड, रिब्स, एआई स्कुल, निःसर्ग वाटिका, विद्यावाणी र ब्राइट होराइजनले यू–१३ ब्वाइज फुटसलको क्वाटरफाइनल स्थान सुरक्षित गरेका छन् ।
