ललितपुरमा थाई खेलाडीको निरन्तरता

थाई खेलाडीलाई अनुबन्ध गरेको ललितपुरले जनाए । गत संस्करण ललितपुर उपविजेता हुँदा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् । ललितपुरले थाइल्यान्डकी सेटर पेन्ट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Continuity of Thai players in Lalitpur

काठमाडौँ — ललितपुर क्विन्सले दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि थाई खेलाडी वारन्या श्रीलाओङ्गलाई निरन्तरता दिएको छ ।

थाई खेलाडीलाई अनुबन्ध गरेको ललितपुरले जनाए । गत संस्करण ललितपुर उपविजेता हुँदा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् । ललितपुरले थाइल्यान्डकी सेटर पेन्ट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।

उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्स टोलीको मार्की खेलाडी तथा कप्तानमा सलिना श्रेष्ठ छन् । महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।

कान्तिपुर

Link copied successfully