लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छैटौं चरण समाप्तिमा एभीएम र स्ट्यागले ५७–५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता बनाएको थियो ।
काठमाडौँ — एभीएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को बुधबार संयुक्त शीर्षस्थानमा छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छैटौं चरण समाप्तिमा एभीएम र स्ट्यागले ५७–५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता बनाएको थियो ।
टप स्पिन टेबलटेनिस गुड्स नेपालले ५२, होप्स टेबलटेनिस एकेडेमीले ४५ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले ४३–४३ अंक बटुलेका छन् ।
कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ४०, द ड्रागन्स टेबटेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् ।
शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । त्यसको टुंगो बिहीबार लाग्ने छ ।