दोस्रो हिमालयन फुटसल गोल्डकप  हुने 

प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख पाउनेछन्, टिम दर्ता भदौ ५ सम्म खुला छ।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

2nd Himalayan Futsal Gold Cup

काठमाडौँ — हिमालयन फुटबल क्लबको आयोजना दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता हुने भएको छ।

बुधबार पत्रकार सम्मेलनमार्फत आयोजकले यहीँ भदौ १२ र १३ गते हुने जानकारी दिएको हो।


प्रतियोगिताको विजेताले तीन लाख पाउने छ भने उपविजेताले एक लाख पाउनेछ। यस्तै, विधागततर्फ अनुशासित टिमले २० हजार पाउनेछ। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान १० हजार पाउनेछ भने उत्कृष्ट म्यानेजर र उत्कृष्ट कोचले समान ५ हजार पाउनेछ।


टिम दर्ताको लागि १५ हजार तोकिएको छ। टिम दर्ताको लागि ५ गतेसम्म मिति तय गरिएको छ भने खेल तालिका भदौ १० गते सार्वजनिक हुनेछ। प्रतियोगितामा काठमाडौं उपत्यका भन्दा बाहिरबाट आउने टिमलाई खाना र आवासको व्यवस्थापन आयोजकले नै गरेको क्लबका अध्यक्ष विनोद कार्कीले बताए।

कान्तिपुर संवाददाता

Link copied successfully