नेपाल आज चौथो खेलमा ब्याटिङ गर्दैछ, लगातार तीन खेल हारेपछि जित्नुपर्ने दबाब छ। उपकप्तान दीपेन्द्र ऐरीलाई खराब फर्मका कारण बेन्चमा राखिएको छ।
काठमाडौँ — अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले आफ्नो चौथो खेलमा पहिले ब्याटिङ रोजेको छ ।
टस जित्दै नेपालले चौथो खेलमा पहिलो इनिङ्समा हर्बट हुरिकेन्सविरुद्ध ब्याटिङ गर्न लागेको हो ।
लगातार तीन खेल हारेको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरी नै बेन्चमा छन् ।
लगातार खराब फर्ममा रहेका कारण दीपेन्द्रलाई आजको खेलमा प्लेइङ ११ मा नराखिएको हो । यस्तै आज सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि बेन्चमै छन् ।
यस्तै लोकेश बम, नन्दन यादव र रिजन ढकाललाई मौका दिइएको छ । हिजोको खेलमा बेन्चमा बसेका करण केसी पनि आज प्लेइङ–११ मा परेका छन् ।
यस्तो छ आजको प्लेइङ–११
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख, लोकेश बम, नन्दन यादव, करण केसी र रिजन ढकाल ।
