एभरटनमाथि लिड्सको विवादास्पद जित

एभरटन कप्तान जेम्स तारकोवस्कीले एन्टन स्टाचको बललाई ‘ह्यान्ड’ गरेपछि पेनाल्टीको निर्णय सुनाइएको थियो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Leeds' controversial win over Everton

काठमाडौँ — लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी विजयी सुरुआत लिएको छ, तर यो विवादास्पद रह्यो । लिड्सले एभरटनलाई १–० ले हराएको हो । प्रिमियर लिगमा फर्केयताको पहिलो खेलमा लिड्स विजयी रहेको हो ।

एलान रोडमा भएको खेलमा सब्टिच्युट खेलाडी लुकास मेन्चाले ८४ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । खेल गोलरहित बराबरीतर्फ अग्रसर रहेको बेला लिड्सले विवादास्पद पेनाल्टीको अवसर पाएको थियो ।

एभरटन कप्तान जेम्स तारकोवस्कीले एन्टन स्टाचको बललाई ‘ह्यान्ड’ गरेपछि पेनाल्टीको निर्णय सुनाइएको थियो । तर तारकोवस्कीले त्यसमा पेनाल्टीको निर्णय आवश्यक नरहेको खेलपछि प्रतिक्रिया दिए ।

कान्तिपुर

Link copied successfully