एन्जल्स हार्टमा जुनियर क्रिकेट लिग सुरु

टी–१० स्वरुपमा भइरहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जनाएका छन् ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Junior Cricket League starts at Angel's Heart

काठमाडौँ — एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलबार एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ ।

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले उद्घाटन गरेका थिए ।

सोही अवसरमा सिरोहिया र काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरेका थिए । सहभागी १६ टिमका कप्तान र आयोजकका पदाधिकारीलाई काठमाडौं गोर्खाजको मायाको चिनो पनि प्रदान गरिएको थियो ।

टी–१० स्वरुपमा भइरहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जनाएका छन् ।

एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा भइरहेको लिग कम नकआउट प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ ।

उद्घाटनमा आयोजक एन्जल्सका अध्यक्ष लीलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापा सहभागी थिए । 

कान्तिपुर

Link copied successfully