लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन टेबटेनिस क्लबले २५–२५ बटुलेका छन् ।
काठमाडौँ — आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा मंगलबार एकल अग्रता कायम गरेको छ । चौथो चरण समाप्तिमा च्याम्पियन्स ३८ अंकसाथ शीर्षस्थानमा छ ।
पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोस्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अंकसाथ तेस्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अंकसाथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अंकसाथ पाँचौं र कीर्तिपुर नगरपालिका ३२ अंकसाथ छैटौं स्थानमा छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन टेबटेनिस क्लबले २५–२५ बटुलेका छन् । ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको २४–२४ अंक छ ।
