आयोजक न्यु जेनिथको जित

मंगलबार घरेलु कोर्टमा न्यु जेनिथको जितमा अमित तामाङले २७ स्कोर गरे ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

A win for host New Zenith

काठमाडौँ — आयोजक न्यु जेनिथ मोडेल स्कुलले तेस्रो जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा एभीएमलाई ४७–३८ स्कोरले पराजित गरेको छ ।

मंगलबार घरेलु कोर्टमा न्यु जेनिथको जितमा अमित तामाङले २७ स्कोर गरे । सिनियर ब्वाइजमै कन्स्टिलेसनले रेडियन्ट पब्लिकलाई ३४–३०, राराहिलले वीरसेवालाई ४०–२०, ज्ञान निकेतनले युरो स्कुललाई ६४–५७ र स्वर्णिमले बेबी एन्जललाई ३३–१८ ले हराए । कन्स्टिलेसनका कुशल श्रेष्ठले १६, राराहिलका कृष्णले ७, ज्ञानका महेन्द्र प्याकुरेलले १७ र स्वर्णिमका प्रतीक महर्जनले १७ स्कोर गरे ।

गर्ल्समा रेडियन्ट पब्लिकले नवीनज्योतिलाई १४–६, राराहिलले न्यु जेनिथलाई १०–२, केसीसीएसले युरोलाई १४–१० र स्वर्णिमले जेसिसलाई १९–२ ले हराए । रेडियन्टकी सेजल रोकाले ९, राराहिलकी अलिशा ओलीले ८, केसीसीएसकी पुनम महर्जनले ७ र स्वर्णिमकी हिसी ल्हामु लामाले ११ स्कोर जोडे ।

त्यस्तै, ब्वाइज फुटसल यू–११ मा चेल्सी, रेडियन्ट, एआई, बेसिक, ब्रम्हकुञ्ज, मनास्लु, त्रियोग र एभीएम क्वाटरफाइनलमा पुगेका छन् । स्पर्धाको न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन र पुष्पलाल श्रेष्ठले उद्घाटन गरे ।  

कान्तिपुर

Link copied successfully