डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने अभियानमा रहेको पीएसजीले नेन्ट्सलाई १–० ले हराएको हो ।
काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा आइतबार विजयी सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने अभियानमा रहेको पीएसजीले नेन्ट्सलाई १–० ले हराएको हो ।
भिटिन्हाले गरेको प्रहार डिफ्लेक्ट हुँदै ६७ औं मिनेटमा गोलमा परिणत भएको थियो र यो नै जितका लागि पर्याप्त रह्यो । पोर्चुगाली मिडफिल्डरको प्रहार नेन्ट्सका डिफेन्डर चिडोजाई एवाजेमलाई लागेर पोस्टको दिशा लिएको थियो ।
पीएसजीले पछिल्ला साता मात्रै टोटनहमलाई हराएर यूईएफए सुपरकप जितेको थियो ।
