टाइमलाइन बास्केटबल यसै साता हुने

फाइनल खेल भदौ १५ मा नयाँबस्तीमा आयोजना गरिनेछ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Timeline Basketball will be this week

काठमाडौँ —  टाइमलाइन स्कुलको आयोजनामा दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा २४ र गर्ल्समा १६ टिमको सहभागिता रहने सोमबार पत्रकार सम्मेलनमा टाइमलाइनका प्रिन्सिपल रामप्रसाद बडालले जानकारी गराए ।

खेल लिगकम नकआउट आधारमा हुने प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले बताए । फिबा नियम अनुसार हुने प्रतियोगिताका खेल गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँबस्ती खेलाइने छ । फाइनल भदौ १५ मा हुनेछ ।

कान्तिपुर

Link copied successfully