एसकेबीसी तेक्वान्दोका पदक विजेता सम्मानित

चौथो बागमती प्रदेशस्तरीय लिग तेक्वान्दोमा सुभाषले स्वर्ण जिते, अन्य खेलाडीहरूले विभिन्न प्रतियोगितामा कांस्य पदक जित्दै गौरव बढाए।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

SKBC Taekwondo Medal Winners Honored

काठमाडौँ — हिमालयन एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । एसकेबीसी तेक्वान्डो डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।

सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभाष देव, दिप्सन थापा र दिपन थापा सम्मानित भए ।  चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगितामा सुभाषले स्वर्ण र तुसारले कांस्य जितेका थिए ।

दक्षताले मदन भण्डारी राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा कांस्य जितेकी थिइन् ।

दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा एलेक्साले स्वर्ण, आभाषले कांस्य र दिप्सनले कांस्य जितेका थिए ।

दिपनले काठमाडौं जिल्लास्तरीय बृहत खेलकुदमा कांस्य जितेका थिए । उनीहरूलाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसीका डोजाङ प्रमुख रन्जितबहादुर डंगौराले सम्मान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully