ललितपुरको गुडविल एम्बासडरमा आयशाको निरन्तरता  

‘फेरि ललितपुर क्विन्ससँग जोडिन पाउँदा निकै खुसी छु,’ आयशाले भनिन्, ‘यो मेरा लागि सम्मान पनि हो ।’

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Ayesha's continuation at Goodwill Ambassador in Lalitpur

काठमाडौँ — एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सले तेक्वान्दोकी आयशा शाक्यलाई आफ्नो गुडविल एम्बासडर निरन्तरता दिएको छ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।

सोमबार ललितपुर क्विन्स क्लबका अध्यक्ष रमेश पराजुली र सागकी तीन स्वर्ण पदक विजेता आयशा शाक्यले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा आफू खुसी भएको आयशाले बताइन् । ‘फेरि ललितपुर क्विन्ससँग जोडिन पाउँदा निकै खुसी छु,’ आयशाले भनिन्, ‘यो मेरा लागि सम्मान पनि हो ।’ यो संस्करण ललितपुरले उपाधि जित्नेमा आफू आशावादी रहेको आयशा बताउँछिन् । गत वर्ष ललितपुर उपविजेता बनेको थियो ।

उत्सव खड्काको प्रशिक्षणमा ललितपुर क्विन्स कोर्टमा उत्रनेछ । मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छन् भने ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनीता राई, सलिना बुढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई लिएको छ । विदेशी खेलाडीमा क्विन्सले थाइ खेलाडी पट्राथिप सान्त्रकुनलाई पुनः अनुबन्ध गरेको छ । उनले क्विन्सलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully