राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टप स्पिन र ड्रागन्सले १७ अंकसहित अग्रता लिएका छन्, कीर्तिपुर र खोल्चा पुखुले १६ अंक जोडेका छन्।
काठमाडौँ — एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ग्लोबल च्याम्पियन्स लिग टेबलटेनिस सिजन– ३ मा सोमबार शीर्षस्थानमा छन् । दोस्रो चरणको टुंगिदा दुवैले१८–१८ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले १७–१७ अंक जोडेका छन् ।
कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिले १६–१६ अंक बटुलेका छन् । होप्स टेबलटेनिस एकेडेमीले १३ अंक जोडेको छ भने भोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको १२–१२ अंक छ । यल टेबलटेनिसले ११ अंक बटुल्यो ।
