पट्राथिप सान्त्रकून पुनः ललितपुर क्विन्समा आबद्ध 

भलिबल प्रेमीहरूका लागि एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म हुने छ, सान्त्रकूनको टोलीको तयारी उच्च छ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Patrathip Santrakoon rejoined Lalitpur Queens

काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याल्डकी पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ ।  गत संस्करण क्विन्सलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको लक्ष्य यो संस्करणको उपाधि जित्ने रहेको छ । 

'अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौं, त्यो चोट अझै ताजा नै छ। पहिलाको कमी कमजोरी सुधारी यो संस्करणको हामी उपाधि जित्ने प्रयत्न गर्ने छौँ, सान्त्रकूनले भनिन् । 

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully