उपाधिमाथि सिटीको दावेदारी

इर्लिङ हालान्डले दुई गोल गर्दै सिटीलाई उल्भ्सविरुद्ध ४–० को जित दिलाए।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

City's bid for the title

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रममा शनिबार विजयी सुरुआत गरेको छ ।

उसले इर्लिङ हालान्डको दुई गोलको मदतले उल्भ्सलाई ४–० ले हरायो ।सिटीका लागि टिजानी रेजिन्डर्स र रायन सेर्कीले एक एक गोल गरे । 

सन्डरल्यान्ड र टोटनहमले पनि बलियो सुरुआत लिएका छन् । सन्डरल्यान्डले वेस्ट ह्याम तथा टोटनहमले बर्नलीलाई समान ३–० ले हरायो ।

टोटनहमका लागि रिचार्लिसनले दुई गोल गरे भने अर्को गोल ब्रेनन जोन्सनको नाममा रह्यो । सन्डरल्यान्डले भने यो जितमा तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

अन्य खेलमा फुलहम र ब्राइटनले १–१ र एस्टन भिल्ला र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully