गोल्डस्टार र कान्तिपुर टेलिभिजनबीच सम्झौता

यस सिजनको ईपीएल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । सम्झौताअनुसार गोल्डस्टार ‘किक अफ पार्टनर’ का रूपमा रहनेछ ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Agreement between Goldstar and Kantipur Television

काठमाडौँ — इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२५–२६ सिजनको प्रसारण अधिकारका लागि गोल्डस्टार स्ट्राइड लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्क प्रालिबीच आपसी सम्झौता भएको छ । सम्झौतापत्रमा गोल्डस्टारका तर्फबाट कार्यकारी निर्देशक विदुषी राणा र कान्तिपुर मिडिया ग्रुपका तर्फबाट बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका छन् ।

यस सिजनको ईपीएल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । सम्झौताअनुसार गोल्डस्टार ‘किक अफ पार्टनर’ का रूपमा रहनेछ । यस सहकार्यमार्फत नेपाली दर्शकहरूले विश्वकै सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक फुटबल लिग नजिकबाट हेर्ने अवसर पाउने विश्वास व्यक्त गरिएको छ ।

नेपाली उत्पादन र रोजगारी सिर्जनामा लामो समयदेखि क्रियाशील रहेको गोल्डस्टारको कुल कार्यबलको ७० प्रतिशतभन्दा बढी महिलालाई रोजगार दिँदै आएको छ । यसले कम्पनीको समावेशी र सशक्तीकरणमुखी कार्यशैलीलाई प्रतिविम्बित गर्ने गोल्डस्टारले जनाएको छ । यस साझेदारीको रणनीतिक पक्षको नेतृत्व गोल्डस्टार स्ट्राइड लिमिटेडका मार्केटिङ प्रमुख राजीवमान जोशीले गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully