कलेज बास्केटबलमा सीसीआरसी र प्रिमियर विजयी

सीसीआरसीले पुष्पसदनलाई ६३–३२ ले पराजित गर्दा टोली सुरेश मगरले १४ स्कोर गरे । पहिलो क्वाटरमा १६–१० को अग्रता बनाएको सीसीआरसीले अन्तिमसम्म जोगाएर खेल जितेको हो । दुवैको यो पहिलो खेल हो ।

श्रावण ३१, २०८२

कान्तिपुर संवाददाता

CCRC and premier wins in college basketball

काठमाडौँ — सीसीआरसी र प्रिमियरले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित पाएका छन् ।

सीसीआरसीले पुष्पसदनलाई ६३–३२ ले पराजित गर्दा टोली सुरेश मगरले १४ स्कोर गरे । पहिलो क्वाटरमा १६–१० को अग्रता बनाएको सीसीआरसीले अन्तिमसम्म जोगाएर खेल जितेको हो । दुवैको यो पहिलो खेल हो ।

प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराएर लगातार दोस्रो जित दर्ता गर्‍यो । प्रिमियरका प्रथमले १३ स्कोर गरे । बर्नहार्टको पहिलो हार हो । प्रिमियरले सुरुका तीन क्वाटर आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो ।

रोयल स्पोर्ट्स सेन्ट्रलमा भएको खेलमा जेभियर र टाइम्स कलेजले सफलता पाए । दुवैले २–२ खेल खेलेको छ । जेभियरको लगातार दोस्रो जित हो भने टाइम्स पहिलो जित निकाल्न सफल भयो ।

जेभियरले मल्पीलाई ७५–४१ ले हरायो । जेभियरका आशिषले २४ स्कोर गरे । तेस्रो क्वाटरबाहेक जेभियर सबैमा अगाडि रह्यो । टाइम्सले गोल्डेनगेट कलेज ‘बी’ लाई ३३–२२ ले पन्छायो । टाइम्सका भिजनले १८ स्कोर जोडे । दुई खेलमा टाइम्सको पहिलो जित हो । गोल्डेनगेट ‘बी’ पहिलो खेलमा पराजित भयो ।

प्रतियोगिता अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजना र चोकोफलको सहयोगमा भइरहेको छ ।  

कान्तिपुर

Link copied successfully