बंगलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य

अस्ट्रेलियामा जारी खेलमा बङ्गलादेशले टस जितेर ब्याटिङ गर्दै १८३ रन बनायो, नेपालका रिजन ढकालले दुई विकेट लिए।

श्रावण ३१, २०८२

कान्तिपुर संवाददाता

Bangladesh gave Nepal a target of 184 runs

काठमाडौँ — स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ । 

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो । 

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । 

नेपाल आज पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । 

कान्तिपुर

Link copied successfully