पौडी टोली रोमानिया जाने

राष्ट्रिय कीर्तिमानधारी प्रारम्भ र इर्भिनले विभिन्न प्रतिस्पर्धामा भाग लिँदै गर्दा उनीहरूको उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Swim team goes to Romania

काठमाडौँ — विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार रोमानियाको ओटोपेनी जाने भएको छ । अगस्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

इर्भिनले ५० मिटर फ्रिस्टायल र ५० मिटर ब्रेस्टस्ट्रोक तथा प्रारम्भले ५० र १ सय मिटर ब्याकस्ट्रोकमा खेल्ने छन् । १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भको नाममा राष्ट्रिय कीर्तिमान छ ।

टिम अफिसियलमा रविन श्रेष्ठ र गीता सिवाकोटी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully