सिनियर गर्ल्समा विच किडले पिस प्वाइन्टलाई टाइब्रेकरमा १–० गोलले हरायो । निर्धारित समयमा गोल भएन । सम्भावी र प्रस्फुटन तेस्रो भए ।
काठमाडौँ — गोल्डेनपिक, पिस प्वाइन्ट र विच किडले माफ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गर्ल्समा च्याम्पियन बनेका थिए ।
म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा भएको सिनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्यो । निर्धारित समय गोलरहित टुंगिएको थियो । एलेक्सिर र क्याम्ब्रिज तेस्रो भए । जुनियर ब्वाइज फाइनलमा पिस प्वाइन्टले प्रस्फुटनलाई ४–० गोलले हरायो । जगत मन्दिर र शम्भावी तेस्रो बने ।
सिनियर गर्ल्समा विच किडले पिस प्वाइन्टलाई टाइब्रेकरमा १–० गोलले हरायो । निर्धारित समयमा गोल भएन । सम्भावी र प्रस्फुटन तेस्रो भए ।
सिनियर ब्वाइजमा गोल्डेनपिकका विजय तामाङ, जुनियर ब्वाइजमा प्रस्फुटनका विपिन खत्री र सिनियर गर्ल्समा पिस प्वाइन्टकी रुबिना बोगटी उत्कृष्ट खेलाडी चुनिए ।
अनेक साउकोला, अरोस योञ्जन र सुहाना मलेकर उत्कृष्ट गोलरक्षक चुनिए । पिस प्वाइन्टका प्रज्ञान राई (१२ गोल), जुनियरमा पिस प्वाइन्टका कपिल गुरुङ (२१ गोल) र गर्ल्समा विच किडकी रशिका तामाङ (५ गोल) सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो, माफकी अध्यक्ष इशु गुरुङ, महासचिव राजेश खरेललगायतले पुरस्कृत गरे ।
सिनियर ब्वाइजको पहिलो संस्करण हो भने सिनियर गर्ल्सको दोस्रो र जुनियर ब्वाइजको पाँचौं संस्करण हो ।
