सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियाललाई ३–० ले पराजित गर्यो ।
काठमाडौँ — एन्फा वुमेन्स लिग छनोट २०८२ बिहीबारदेखि सुरु भएको छ । पहिलो दिनको खेलमा छहारी फुटबल तथा संकटाले विजयी सुरुआत लिएका छन् ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियाललाई ३–० ले पराजित गर्यो । समूह ‘ए’को खेलमा ललिता मण्डलले सातौं मिनेटमा गोलको खाता खोलिन् । त्यसपछि सुमित्रा पाख्रिनले १९ औं मिनेटमा दोस्रो गोल थपिन् । यस्तै सानिमा मायाले ६२ औं मिनेटमा तेस्रो गोल गरिन् । यससँगै छहारीले ३ अंक बटुल्दै समूहमा सुरुआती अग्रता पनि लिएको छ ।
संकटाले भने समूह ‘बी’को खेलमा नेपाल खेलकुदलाई १–० ले हरायो । खेलको १ मात्र गोल कप्तान यशोदाको नाममा रह्यो । उनले ६० औं मिनेटमा गोल गरेकी हुन् ।
यू–२० राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी सम्मिलित संकटाले पनि यस जितसँगै ३ अंक बटुलेको छ ।
