टप एण्ड टी–२० पछि नेपालले अस्ट्रेलियामा स्थानीय क्लबसँग अतिरिक्त पाँच खेल खेल्ने 

नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग चार टी–२० र एक एकदिवसीय खेल खेल्नेछ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

After the T20, Nepal will play five additional matches against local clubs in Australia

काठमाडौँ — आजदेखि सुरु हुन लागेको टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले त्यसपछि त्यहाँका स्थानीय क्लबहरुसँग थप खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार टप एण्ड टी–२० सिरिजपछि नेपालले दुईवटा क्लबसँग थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ । 

क्यानले खेल तालिका पनि सार्वजनिक गरेको छ । तालिकाअनुसार २६ र २८ अगष्टमा दुई/दुई र ३० अगष्टमा एक खेल हुनेछ । 

जसमा चारवटा खेलहरु टी–२० हुनेछन् भने अन्तिम खेल एक दिवसीय हुनेछ । नेपालले २६ अगष्टमा क्रिकेट एसीटी टिमविरुद्ध दुईवटा टी–२० खेल एकैदिन खेल्नेछ । 

यस्तै २८ अगष्टमा साउथ अस्ट्रेलिया टिमसँग पनि दुई टी–२० खेल्नेछ । ३० अगष्टमा भने साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्नेछ । 

कान्तिपुर

Link copied successfully