ललितपुरको चर्चब्वाइज पुग्यो ताप्लेजुङ गोल्डकपको फाइनलमा

वर्षाकाबीच भएको खेलको ७७ औं मिनेटमा चर्चब्वाइजका खेलाडीको खुट्टामा ठोकिएर गोल भएको थियो जसका कारण इटहरीले पहिलो गोल उपहार स्वरुप पायो ।

श्रावण २८, २०८२

आनन्द गौतम

Churchboys of Lalitpur reached the final of Taplejung Gold Cup

ताप्लेजुङ — पेनल्टी सुटआउट मार्फत द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै ललितपुरको चर्चब्वाइज ताप्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

बुधबारको खेलमा चर्चब्वाइजका गोलकिपर विश्वास चौधरीले द योङ ब्रदर्सका विशाल तामाङ र निरज फुयालले हानेको गोल रोकेका थिए भने युगन राइले हानेको प्रहार पोलमा ठोकिएर बाहिरिएको थियो । ट्राई ब्रेकरमा इटहरीका निरोज खड्का मात्रै गोल गर्न सफल भए । चर्चब्वाइजका सुमन श्रेष्ठ, रोशन पहाडी र युवराज ढकालले गोल गरे । नवयुग श्रेष्ठले हानेको गोलभने पोलमा ठोकिएर बाहिरिएको थियो ।

Churchboys of Lalitpur reached the final of Taplejung Gold Cup

वर्षाकाबीच भएको खेलको ७७ औं मिनेटमा चर्चब्वाइजका खेलाडीको खुट्टामा ठोकिएर गोल भएको थियो । जसका कारण इटहरीले पहिलो गोल उपहार स्वरुप पायो । यसपछि दबाबमा परेको चर्चब्वाइजका सुमन श्रेष्ठले अतिरिक्त समयको ९३ औं मिनेटमा गोल फर्काए र बराबरी बनाए । पेनल्टीसमेत गरी दुई गोल गरेका सुमन बुधबारको म्यान अफ द म्याच भए र सात हजार रुपैयाँ प्राप्त गरे । 

Churchboys of Lalitpur reached the final of Taplejung Gold Cup

बिहीबारको खेल सलहेश युवा क्लब सिरहा र रेडस्टार फुटबल क्लब झापाबीच हुनेछ । सिरहा पाँचथरको फिदिम र झापा पोखराको सहारा क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

फाइनल खेल साउन ३१ गते हुनेछ । विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउने छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully