आरआरए क्रिकेटको सेमिफाइनलमा अपी

सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको १० ओभरको खेलमा अपीलाई जिताउन विशेष भूमिका खेलेका युगान्त कार्की म्यान अफ द म्याच घोषित भए ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Api in semi-finals of RRA Cricket

काठमाडौँ — अपी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा बुधबार बालकुञ्जलाई ६ विकेटले पराजित सेमिफाइनलमा स्थान बनाएको छ ।

अपी सेमिफाइनलमापुग्ने पहिलो टोली हो । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको १० ओभरको खेलमा अपीलाई जिताउन विशेष भूमिका खेलेका युगान्त कार्की म्यान अफ द म्याच घोषित भए ।

अब अन्य क्वाटरफाइनल डीएभी र मोक्षदा, गेट्वे एकेडेमी र एलआरआई तथा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ र विश्व निकेतनबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully