कृतिश एनसीएमको ब्रान्ड एम्बासडर

कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीलगायतको उपस्थितिमा छुन्जुले कलेजसँग एक वर्षका लागि सम्झौता गरेका छन् ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Kritish is the brand ambassador of NCM

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) को ब्रान्ड एम्बासडरमा भएका छन् ।

कलेजले मंगलबार उनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीलगायतको उपस्थितिमा छुन्जुले कलेजसँग एक वर्षका लागि सम्झौता गरेका छन् ।

सम्झौताको रकम भने खुलाइएको छैन । दुई महिनाअघि एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए । ब्रान्ड एम्बासडर भएपछि उनले आफू पढेको कलेजप्रति थप जिम्मेवारी बढेको बताएका थिए । उनले सोही कलेजबाट बीबीए सकेका थिए ।

कृतिश अहिले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।

एनआरटीबाट घरेलु फुटबल खेलेका कृतिश उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म पुगेका हुन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा उनी धनगढी एफसीका मार्की खेलाडी थिए ।

कान्तिपुर

Link copied successfully