युवा ब्याडमिन्टन टोली थिम्पु जाने

अगस्ट १५ देखि १८ सम्म हुने प्रतियोगितामा नेपालले तीन फरक उमेर समूह १२ खेलाडीलाई सहभागी गराउने छ ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Youth Badminton Team to Thimphu

काठमाडौँ — जुनियर दक्षिण एसियाली रिजन गेम्स खेल्न नेपाली ब्याडमिन्टन टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ ।

अगस्ट १५ देखि १८ सम्म हुने प्रतियोगितामा नेपालले तीन फरक उमेर समूह १२ खेलाडीलाई सहभागी गराउने छ ।

यू–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई छन् । यू–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदीप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्नेछन् । यू–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा सुनिल बाराही र व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully