दक्षिण कोरियाको थेजन सहरस्थित गेयरेयोङ जिम्न्याजियमा सोमबार सम्पन्न एमबीसी कपमा रेफ्री क्षेत्रीले निर्णायक रहेका थिए ।
काठमाडौँ — १० औं एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री राजु क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
दक्षिण कोरियाको थेजन सहरस्थित गेयरेयोङ जिम्न्याजियमा सोमबार सम्पन्न एमबीसी कपमा रेफ्री क्षेत्रीले निर्णायक रहेका थिए ।
प्रतियोगितामा ४२ देशका ३ हजारभन्दा बढी खेलाडीले भाग लिएको थियो । उनले यसअघि दक्षिण कोरियाको सोङनाम ओपन अन्तर्राष्ट्रिय खुला प्रतियोगितामा निर्णायक भएका थिए ।
अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले युएस ओपनसहित दर्जनौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निभाइसकेका छन् । उनले युएस ओपन लगातार तेस्रो पटक खेलाएका छन् ।
सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका क्षेत्रीलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानका कारण सन् २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरी सम्मान गरेको थियो ।
