शनिबार सम्पन्न अक्सनमा विभिन्न टिमका लागि ३७ जना क्रिकेटर अनुबन्ध हुँदा डीसीएका खेलाडी पनि चयन भएका हुन् ।
धनगढी — धनगढी क्रिकेट एकेडेमी (डीसीए) का सात जना खेलाडीले यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा स्थान सुरक्षित गरेका छन् ।
शनिबार सम्पन्न अक्सनमा विभिन्न टिमका लागि ३७ जना क्रिकेटर अनुबन्ध हुँदा डीसीएका खेलाडी पनि चयन भएका हुन् ।
विराटनगर किंग्सले लोकेश बम र नरेन भट्टलाई ‘रिटेन’ गरेको छ भने, सोही टिमले नारायण जोशीलाई पाँच लाखमा अनुबन्ध गरेको छ । चितवन राइनोजले विपिन रावललाई पाँच लाखमा अनुबन्ध गरेको छ ।
यस्तै, सुदूरपश्चिम रोयल्सले दिपेन्द्र थापा र टेकबहादुर रावतलाई दुई–दुई लाख र जनकपुर बोल्ट्सले सचिन भट्टलाई दुईमा लामा अनुबन्ध गरेको छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सनमा एक ६४ जना खेलाडीको सहभागिता रहेको थियो । यस सिजनका ८ टोलीमा ५१ खेलाडी रिटेन भएका छन् ।
यसअघि, नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा डीसीएका ६ जना खेलाडी अनुबन्ध भएका थिए। दोस्रो सिजन आगामी नोभेम्बरमा हुने तय भएको छ।
