पहिलो दिन समूह चरणका ७ खेल हुनुपर्नेमा वर्षाका कारण दुई खेल सम्भव नभएको आयोजकले जनाएको छ ।
काठमाडौँ — रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबार सुरु भएको छ ।
पहिलो दिन समूह चरणका ७ खेल हुनुपर्नेमा वर्षाका कारण दुई खेल सम्भव नभएको आयोजकले जनाएको छ ।
ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डीएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआईले ब्लुबर्डलाई पराजित गरेको थियो । ब्लुबर्डका आदित्य शर्मा, अपीका कृजल प्रसाईं, डिएभीका प्रसिद्ध जैसवाल, मनकामनाका विलक न्यौपाने र एलआरआईका आरी थपलिया प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे । रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले रेडियन्टले शिक्षाको विकाससँगै खेलकुदको प्रवर्द्धन गर्ने काममा पनि सक्रिय रहेको बताए ।
१० ओभरको लिगकम नकआउट प्रतियोगितामा आयोजकमा दुईसहित १५ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछन् ।
